तीन दलले दर्ता गराए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने सूचना


प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार

संसद सचिवालयमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा सूचना दर्ता गरिएको छ। माओवादी केन्द्रका ४, नेपाली कांग्रेसका १ र जनता समाजवादी पार्टीका तर्फबाट दुई सांसदले अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएका हुन्।

माओवादी केन्द्रका तर्फबाट यशोदा सुवेदी, सन्तकुमार थारु, टेकबहादुर बस्नेत र दुर्गाकुमारी विश्वकर्मा, कांग्रेसकी पुष्पा भुसाल र जसपाका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले विरोधको सूचना मंगलबार दर्ता गराएका हुन्। प्रतिनिधिसभा बैठक फागुन २६ गते बस्दैछ।

उनीहरुले संवैधानिक व्यवस्थालाई क्षतविक्षत हुने गरी संशोधन भएकाले अध्यादेश अस्वीकार गर्ने सूचना पेश गर्नुपरेको जनाएका छ्न। यस्तै, अध्यादेश जारी गरी प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कार्य गरेकाले र जनस्तरबाट विरोध हुँदा पनि सोही अध्यादेश हुबहु संसदमा पेश गरी सांसदलाई होच्याएकाले विरोधको सूचना पेश गरेको जनाएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com