कांग्रेस नेता एवं पुर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यबारे विवादास्पद समाचार
प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार
(यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । विगतको केही विवरण सच्याइएको छ । -सम्पादक)
नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यबारे स्थानीय संचारमाध्यमहरुमार्फत विवादास्पद समाचारहरु सार्वजनिक भएका छन् । कतिपय संचारमाध्यमले जोशीको मृत्यु भएको खबर प्रकाशित गरे लगत्तै त्यसको खण्डनमा गम्भिर अवस्थामा उपचार भइरहेको समाचारहरु आएका थिए ।
जोशीको ५७ बर्षको उमेरमा निधन भएको नेपाल प्रेसले प्रकाशित गरेको थियो । रातोपाटी लगायतका संचारमाध्यमले स्वास्थ्य अवस्था गम्भीर बनेको समाचार प्रकाशित गरेका छन् ।
अहिले सामाजिक सञ्जालमा कतिपयले स्वास्थ्यलाभको कामना गरेका छन् भने कतिपयले श्रद्धाञ्जली दिइरहेका छन् ।
यसैबीच अस्पतालले वक्तब्य जारी गरेर गम्भीर अवस्थामा उपचार भइरहेको जनाएको छ ।
जोशीलाई फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो । पछि मस्तिष्क घात भएको ठहर गदै नर्भिक अस्पतालमा लगिएको थियो ।
जोशीलाई मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्ने अवस्था ‘थ्यालेमिक ह्यामरेज’ भएको अस्पतालले जनाएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाउनुभएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुभएको थियो ।