पत्रकार महासंघको निर्वाचन चैत २५ गते
प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार
नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व चयन गर्न चैत २५ गते निर्वाचन हुने भएको छ। महासंघको केन्द्र, प्रदेश र जिल्लाको नयाँ नेतृत्व चयन गर्न एकसाथ चैत २५ गते निर्वाचन हुन लागेको हो।
बुधबार बसेको महासंघको बैठकले चैत ७ गते तालिका सार्वजनिक गर्ने गरी चैत २५ गतेका लागि निर्वाचन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिएका छन्।
महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो।
यसअघि केन्द्रीय पार्षदमात्र मतदाता रहेकोमा महासंघले सबै सदस्यलाई मतदानको अधिकार दिने गरी विधान संशोधन गरेको छ। महासंघले फागुन ४ र ५ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गरेको थियो।