दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन अदालतद्वारा पश्चिम बंगाल सरकारलाई आदेश
प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार
भारतको कोलकातास्थित उच्च अदालतले ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ।
कोलकाता उच्च अदालतका न्यायाधीशहरु थोट्टाथिल बी नायर राधाकृष्णन् र अनिरुद्र रोयले सोमबार दुर्गाप्रसादका परिवारबाट माग भए कानुनअनुसार क्षतिपूर्ति दिन आदेश गरेका हुन्।
४० वर्षको जेल जीवनपछि आइतबार स्वदेश फर्किएका दुर्गाप्रसाद अहिले परिवारसँग बसिरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परिवारले उपचारका लागि अस्पताल लैजान परामर्श गरिरहेको बताइएको छ।