पार्टीभित्रै रहेर संघर्ष गर्ने नेपाल–खनाल पक्षको निर्णय


प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार

नेकपा एमालेको माधव नेपाल(झलनाथ खनाल पक्षले पार्टीभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार काठमाडौंमा आयोजित सो पक्षका केन्द्रीय सदस्य र सांसदहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ नेता झलनाथ खनालले एमाले विभाजित नभएकोले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय भएको बताए।

बैठकले पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक बोलाउन तथा सर्वोच्चको फैसलापछि २०७५ जेठ २ अघिकै अवस्थाबाट पार्टीलाई अगाडि बढाउने निर्णय गरेको थियो।

नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने बताएका थिए। ‘संसदीय दलसँग हाम्रो केही आपत्ति छैन, बैठकमा जाँदैछौं,’ पाण्डेले भने, ‘असहमति भएका कुरामा फरक मत पनि राख्न सकिन्छ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com