नेपालमा एकै दिन १३ कोरोना संक्रमितको मृत्यु, ४९६ जनामा संक्रमण पुष्टि


प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार

कोरोनाको दोस्रो लहर तीव्र हुने क्रमसँगै संक्रमितको मृत्यु पनि बढ्न थालेको छ। कोरोना संक्रमणका कारण एकै दिन १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको हो। कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यति धेरै संँख्यामा मृत्यु भएको हो।

योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ।

यस्तै, २४ घण्टामा मुलुकभर ४ सय ९६ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ।

हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ५६ छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ छ।

हाल ३ हजार ३ सय ६ जना आइसोलेसनमा छन् भने ८५ जना क्वारेन्टाइनमा छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com