लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता
प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ।
माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको हो।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपले अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी दिए।
लुम्बिनी प्रदेशसभामा अहिले ७९ जना प्रदेशसभा सदस्य छन्।