कोरोना महामारी : चौथो दिन पनि ओरालो लाग्यो संक्रमितको संख्या, २४ घण्टामा ७३६८ मा संक्रमण पुष्टि
प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार
कोरोना संक्रमण केही ओरालो लागेको छ। पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ४९ पिसिआर र ३ सय ४४ एन्टिजेनमार्फत् नमुना परीक्षण गर्दा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।
यसअघि शनिबार ८१६७ जनामा संक्रमण पुष्टि भएको थियो भने १८७ जनाको मृत्यु भएको थियो भने शुक्रबार ८५२० जनामा संक्रमण पुष्टि र २०४ जनाको मृत्यु भएको थियो । बिहीबार ८ हजार ८ सय ४२ जना संक्रमित भएका थिए भने २ सय १४ जनाको मृत्यु भएको थियो। बुधबार ९ हजार ५ सय ३ संक्रमित थपिएका थिए।
आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ। जसमध्ये १ लाख २ हजार ४ सय ५५ होम आइसोलेसन तथा ७ हजार ३ सय ६८ जना संस्थागत आइसोलेसनमा छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ सय ४५ जनाको निधन भएको छ। आइतबार ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म कुल संक्रमित मध्ये ७४ दशमलव ६ प्रतिशत संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ३ सय १३ जना आइसीयूमा र ३ सय ८० भेन्टिलेटरमा छन्।
मन्त्रालयका अनुसार देशभर ७ सय १ जना क्वारेन्टाइनमा छन्।
५ दिनको संक्रमण दर
२ जेठ–७३६८
१ जेठ–८१६७
३१ वैशाख–८५२०
३० वैशाख–८८४२
२९ वैशाख–९५०३