राष्ट्रपतिले गरिन् विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ति
प्रकाशित मिति : असार १०, २०७८ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्ति गरेकी छन्।
भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न निकायका २० पदाधिकारी नियुक्त गरेकी हुन्। जसमा अख्तियारका आयुक्तमा डा हरि पौडेल र डा सुमित्रा श्रेष्ठ, लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई,दिनेश सिलवाल, मन्जुकुमारी र निर्वाचन आयोगको आयुक्तमा सगुनशमसेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला नियुक्त भएका छन्।
यस्तै, राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे, सावित्राकुमारी शर्मा, दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष्मा डा रामकृष्ण तिमल्सेना तथा सस्यहरुमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री, आदिवासी जनजाति आयोगमो सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगको सदस्यमा आभाकुमारी, थारु आयोगको सदस्यमा डा उमाशंकरप्रसाद चौधरी, शान्ति मोदी र मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हक नियुक्त भएका छन्।