५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई आज र भोलि दोश्रो डोज आष्ट्राजेनेका
प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार
५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई काठमाडौंमा आजदेखि आष्ट्राजेनेका खोप दिन सुरु गरिएको छ । पहिलो कोभिशिल्ड लगाएका र दोश्रो डोज लगाउन छुटेकाहरुलाई यो खोप दिन सुरु गरिएको हो । यो खोप काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा आज र भोलि दिइनेछ ।
कुन वडामा कहाँ लगाउनेबारे भ्याक्सिन केन्द्रहरु तोकिएको छ भने केन्द्र संयोजकको नाम र फोन नम्बर पनि दिइएको छ ।
कुन वडामा कहाँ गएर लगाउने थाहा पाउनुहोस् :
काठमाडौंका अन्य नगरपालिकाहरुमा पनि आज र भोलि खोप लगाइदैछ ।टोखाबाहिर पहिलो डोज लगाएकाहरुले दोश्रो डोज लगाउन टोखा जानुपरेमा अनलाइनमा फर्म भरेर दर्ता नम्बर लिएर जानुपर्नेछ । दर्ता गर्न यहाँ क्लीक गर्नुहोला ।
दोश्रो डोज लगाउने कार्यक्रम अन्य पालिकाहरुमा पनि संचालन भइरहेकाले सम्बन्धित पालिकामा सम्पर्क गरेर जान सकिनेछ । पहिलो डोज कोभिशिल्ड लगाएका झण्डै १३ लाखले दोश्रो डोज लगाउन पाएका छैनन् । कोभिशिल्ड खोप आष्ट्राजेनेका नै विकाश गरेको र नाममात्र फरक रहेकाले पहिलो डोज कोभिशिल्ड लगाएकाहरुले दोश्रो डोज आष्ट्राजेनेका लगाउन सक्छन् ।
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख लाख डोज खोप शनिकार र आइतबार नेपाल आएको थियो । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो। बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ।
त्यस्तै भुटान सरकारले दिएको २ लाख ३० हजार एष्ट्राजेनेकाको खोप शुक्रबार काठमाडौं आएको थियो । भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाललाई दिएको हो।
यसअघि परराष्ट्र मन्त्रालयले भुटानबाट सापटीमा खोप ल्याउन लागेको जनाएको थियो। भुटानका ९५ प्रतिशत बढीलाई पूर्णखोप लगाइसकेपछि बाँकी रहेको खोप नेपाल ल्याइएको थियो ।