३ महिना पछाडि सर्यो कांग्रेस महाधिवेशन
प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन ३ महिना पछाडि सरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन मिति सार्ने निर्णय गरेको हो।
महाधिवेशनको नयाँ मिति मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ। बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गतेसम्म तोक्ने निर्णय गरेको छ।
यस्तै भदौ २ सम्म निर्वाचन निर्देशिका बुझाउने, भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ–नगरपालिका, असोज १ मा प्रदेश क्षेत्र क–ख, असोज ५ मा संघीय निर्वाचन क्षेत्र, असोज १० मा जिल्ला, असोज १२ मा प्रदेश र मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ मिति तय गरिएको छ।