झडपमा ६ जना घाइते भएपछि रुपन्देहीको मोतीपुरमा कर्फ्यु आदेश जारी
प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु आदेश जारी गरेको छ । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।
जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ । औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरु र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो । झडपमा ६ जना घाइते भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।
निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखि सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको अवस्थासमेत जोखिममा पर्न सक्ने देखिएकोले शान्ति सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (क) को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजेदेखि अर्को सूचना जारीसम्मका लागि देहायको चारकिल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ’, आदेशमा भनिएको छ ।