भारतिय क्रिकेटर युवराज सिंह पक्राउ


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

अनुसूचित जाति विरुद्ध अपमानजनक टिप्पणी गरेका भारतिय क्रिकेटर युवराज सिंहलाई प्रहरीले  पक्राउ गरेको छ । हारियाणाको हिसार जिल्लास्थित हांसीबाट प्रहरीले आइतवार प्रहरीले पक्राउ गरेको हो ।

यद्यपि, औपचारिक जमानतमा उनलाई तत्कालै रिहा गरिएको थियो । गत वर्ष रोहित शर्मासँगको लाइभ च्याटका दौरान अर्का क्रिकेटर युजवेन्द्र चहलको जातिलाई लिएर उनले अपमानजनक टिप्पणी गरेको आरोप छ ।

हांसी प्रहरीका डीएसपी विनोद शंकरले सिंहलाई मुद्दाको जाँचमा सामेल गर्नका लागि पक्राउ गरिएको हो । यसअघि पनि दुईपटक उनलाई जाँचमा सामेल गरिएको गरिएको थियो । त्यसपछि प्रहरीले हाईकोर्टको निर्देशनमा युवराजलाई धरौटीमा रिहा गरेको बताइएको छ ।

प्रहरीले यसबारे अनुसन्धान गर्न युवराजको मोबाइल जफत गरेको छ । आरोप पुष्टि भए सिंहमाथि ५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com