अमेरिकी राष्ट्रपतिद्वारा आयोजित शिखर सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्तो, सम्बोधन आज साँझ गरिँदै


प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ अमेरिकी राष्ट्रपतिद्वारा आयोजित एक शिखर सम्मेलनमा सम्बोधन गर्नुहुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने जनाइएको छ ।

सम्मेलनमा देउवाले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति नेपालको तर्फबाट प्रतिबद्धता जनाउँदै लोकतन्त्र तथा मानवअधिकार र महिला अधिकारको रक्षाका लागि नेपालले चालेका कदमबारे जानकारी गर्नुहुनेछ ।

विश्वभरबाट ११० मुलुकले भर्चुअल माध्यममार्फत उक्त सम्मेलनमा सहभागी हुने निम्तो पाएका छन् । जसमा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, मुख्यसचिव शंकर दास बैरागी र परराष्ट्र मन्त्रालय एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारी सहभागी हुने जनाइएको छ ।

तर छिमेकी देश चीनले भने यस शिखर सम्मेलनलाई अमेरिकाको प्रजातन्त्रको नाममा गर्न लागिएको नक्कली जमघट को रूपमा टिप्पणी गरेको छ ।

नयाँ र कडा प्रतिबद्धता व्यक्त गर्ने वाचासहितअमेरिकाले शिखर सम्मेलन गर्दै, चीनभन्छ,’प्रजातन्त्रको नाममा हुन लागेको नक्कली जमघट

नयाँ र कडा प्रतिबद्धता व्यक्त गर्ने वाचासहितअमेरिकाले शिखर सम्मेलन गर्दै, चीनभन्छ,’प्रजातन्त्रको नाममा हुन लागेको नक्कली जमघट’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com