स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त


प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताउनुभएको छ । गृह जिल्ला सङ्खुवासभा आउनुभएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताउनुभयो ।

सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताउनुभयो ।

राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com