मलेसियामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, २७ बेपत्ता


प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार

मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो ।

अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ । सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए ।

घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com