भारतको लुधियानास्थित अदालतभित्र बिस्फोट : दुईको मृत्यु, ४ जना गम्भीर घाइते


प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार

भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा  बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो  । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  बताएको छ । यसमा ४ जना गम्भीर रुपमा घाइते छन् ।

यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो । बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ ।

घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका गरेका छन् । प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com