‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’


प्रकाशित मिति : पुस १२, २०७८ सोमबार

कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आवद्ध समितिले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रवासी श्रमिकको मुद्दामा आधारित बागमती प्रदेशस्तरीय सम्मेलन’मा कोरोनाको समयमा श्रमिकलाई ज्यालाको समस्या भएको पाइएको बताइएको हो ।

कार्यक्रममा महासङ्घ नेपाल आवद्ध समितिका सदस्य एवं नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको महासचिव प्रदीप आचार्यले प्रवासमा नेपाली श्रमिकलाई धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सबै एक भएर अ गाडि बढ्ने निष्कर्ष भेलाले गरेको बताउनुभयो ।

कोरोनाको समयमा श्रमिकलाई आफ्नो देश फर्कन समस्या, विदेश जान लागेका श्रमिक विदेश जान नसकी पैसा फसेर बसेका समस्या, विदेशमा काम गरेको ज्याला समयमा नपाउने समस्या, नेपाल फर्कन पाँच/छ महिना कुनुपर्ने समस्या, काम गरेको ज्याला घटाएर दिने समस्या र धेरै काम गर्नुपर्नेलगायत समस्या देखिएको सम्मेलनमा जानकारी गराइएको थियो ।

उक्त महासङ्घमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर सङ्घ आवद्ध छन् । उक्त तीनवटा सङ्घमा विदेशमा १७ हजार मजदुर आवद्ध रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com