तीव्र गतिमा बढेको ओमिक्रोन, हल्का रुपमा नलिन विश्व स्वास्थ्य संगठनको चेतावनी


प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ ।  तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताउनुभएको छ ।

जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भन्नुभएको छ  “ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर देखिन सक्छ तर यसलाई हल्का रूपमा लिनु हुँदैन ।”

गेब्रेयससले भन्नुभयो “ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक त देखिन्छ, विशेषगरी खोप लगाइएकाहरूका लागि । तर यसको अर्थ यसलाई हल्का भन्नु पटक्कै होइन । पहिलेका भेरियन्टजस्तै ओमिक्रोनका संक्रमितहरु पनि अस्पतालहरूमा भर्ना भइरहेका छन् ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com