विस्फोटक पदार्थ पत्ता लगाउने, स्वर्ण पदक विजेता चर्चित मुसाको मृत्यु


प्रकाशित मिति : पुस २८, २०७८ बुधबार

विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ। पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो।

सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेकाले पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक  दिइएको थियो।

तान्जानियामा जन्मिएको मागावालाई एक वर्षको तालिमपछि क्याम्बोडिया पठाइएको थियो। क्याम्बोडियामा ६० लाख ल्याण्डमाइन, जमिनमुनि राखिएका विस्फोटक पदार्थहरू रहेका मानिन्छ।

विस्फोटक पदार्थको रसायन सुँघ्ने तालिम पाएको मागावाले २० वटा फुटबल मैदान जति वा १५,१७,७११ वर्ग फिट जमिनलाई सफा गर्न सघाएको थियो। बेल्जियमको संस्था अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये मागावा सबैभन्दा सफल मुसा थियो। मागावाले १ लाख ४१ हजार वर्ग मिटर क्षेत्रफललाई विस्फोटक मुक्त बनाएको थियो ।  एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com