बेलायती राजकुमार ह्यारीले दिए अदालत जाने चेतावनी !
प्रकाशित मिति : माघ ३, २०७८ सोमबार
बेलायतका राजकुमार ह्यारीले आफ्नो प्रहरी सुरक्षालाई बहाल गर्नु पर्ने माग राखेका छन् । यदि यस्तो नभएको खण्डमा आफूले कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् । बेलायतको शाही परिवारमा यस्तो पहिलो पटक हुनेछ जब कोही सदस्य सरकारविरुद्ध अदालतमा मुद्दा लड्नेछन् ।
प्रहरीको सुरक्षाबिना ससेक्समा आउनु उनका लागि सुरक्षित नभएको उनको ठहर छ । ह्यारीले आफू प्रहरी सुरक्षाको खर्च उठाउन पनि तयार भएको बताएका छन् ।
ह्यारीले दुई वर्ष अघि आफ्नो शाही दायित्व छोडिसकेका छन् । स्मरण रहोस्, महारानीले हालै आफ्ना कान्छा छोरा प्रिन्स एन्ड्रयूलाई सेक्स स्क्यान्डलमा फसेका कारण शाही उपाधि खोसेकी थिइन् । एजेन्सी