काठमाडौंमा महिलाभन्दा पुरुषको संख्या धेरै छ : राष्ट्रिय जनगणन


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

राष्ट्रिय जनगणनका २०७८ को प्रारम्भीक नतिजा बुधबार सार्वजनिक भएको छ । जसअनुसार करिब ८० वर्षयताकै कम जनसंख्या वृद्धिदर भएको पाइएको छ । त्यस्तै पुरुषकोभन्दा महिलाको जनसंख्या ६ लाखभन्दा बढी भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

त्यस्तै अर्को अनौठो तथ्याङ्पनि सार्वजनिक भएको छ । जुन मुलुकको केन्द्रीय राजधानीको हो । केन्द्रीय राजधानी काठमाडौंमा महिलाको भन्दा पुरुषको जनसंख्या न्यून भएको तथ्याङ्मा उल्लेख गरिएको छ ।

उपत्यकामा पुरूषको संख्या १५ लाख १९ हजार २०६ रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै महिलाको संख्या १४ लाख ७७ हजार १३५ रहेको पाइएको छ ।

जसअनुसार काठमाडौं उपत्यकामा महिलाको संख्या पुरुषको भन्दा ४२ हजार ७१ ले कम रहेको पाइएको हो । तथ्याङ्क अनुसार काठमाडौंमा  पछिल्लो १० वर्षमा सबैभन्दा बढी २ लाख ७३ हजार २९२ जना थपिएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com