पाखण्डी र दुई जिब्रे प्रवृत्तिबाट राजनीति मुक्त नभए देश बन्दैन : डा भट्टराई
प्रकाशित मिति : माघ २३, २०७८ आईतबार
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद १ नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन,’ भट्टराईले भनेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एमसीसी गिजोल्दै गए परिणाम गम्भीर हुनसक्ने बताए । ‘एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ,’उनले लेखेका छन् । उनी एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्रले एमसीसी संशोधन विना पास गर्न नहुने बाहिरी अडान राखेको छ ।