विशाल ह्वेलसँग डल्फिनले गरेको जादुमय डान्सको विश्वभर चर्चा (भिडियो सहित)
प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार
अमेरिकाको हवाई इलाकामा , समुन्द्रमुनि रहेका दुई अचम्मका जीव डल्फिन र ह्वेलको दुर्लभ र जादुमय नृत्य विश्वभर चर्चाको विषय बनेको छ ।
हवाईका एक फोटोग्राफरले ओआहुमा ड्रोनको सहयोगमा ह्वेल र डल्फिन नाच्दै गरेको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा डल्फिनले ह्वेलसँग खुब रमाइलो गरिरहेको र दुवै समुद्रमा डुबुल्की मारिरहेको देख्न सकिन्छ ।
यो भिडियो जेकब भान्डरवेल्डले यो भिडियो बनाएका हुन्। उनले हवाई न्युजलाई भने, ‘यदि स्केल १ देखि १० सम्म छ भने म उनीहरुलाई १२ नम्बर दिनेछु । यो एउटा जादुई अवसर थियो। हिजो जे भयो, जीवनभर बिर्सन सक्दिन। बिहान करिब ९ः१५ बजे यो दुर्लभ नृत्यलाई ड्रोन क्यामेरामा कैद गर्ने मौका पाएको उनले बताए । यो दृश्य शार्कको क्षेत्रबाट केही दूरीमा मात्र देखियो।
भिडियो हेर्नुहोस :
A drone photographer captured the 'magic' moment when a humpback whale & dolphin began playing and swimming together off the coast of Oahu.
'On a scale of 1 to 10, it would be a 12,' Jacob VanderVelde said, via Hawaii News Now. 🐋🐬 pic.twitter.com/bNfwwdOMSg
— NowThis (@nowthisnews) February 7, 2022
‘यो मेरो जीवनको सबैभन्दा ठूलो मौका हो’ जेकबले भने व्हेलहरू विशेष छन्, तर जब मैले दुई समुद्री जीवहरू सँगै खेलिरहेको देखे, मैले खुशीको सीमानै रहेन । उनले भने, ‘ म हवाईको फोटोग्राफर हुँ। म छालहरूमा सवारी गर्छु, म छालहरू खिच्छु र भिडियोहरू बनाउँछु। समुन्द्र वरिपरि सबै छाल छ। त्यसैले जब ह्वेल र डल्फिन खेल्न थाले, त्यो मेरो जीवनको सबैभन्दा ठूलो क्षण थियो।
सामाजिक सञ्जालमा यो दुर्लभ भिडियोको ठूलो संख्यामा मानिसले तारिफ गरिरहेका छन् भने धेरैले ड्रोन बोक्नेले यो नृत्यमा बाधा पुर्याएको भन्दै आलोचना गरिरहेका छन् ।
तपाई भन्नुहोस् डल्फिनहरू मानिस भन्दा धेरै बौद्धिक हुन्छन् र अक्टोपसलाई ज्यूउँदोको सट्टा मारेर खान्छन्। डल्फिनले यसलाई पकाएर खान नसक्ने भएकाले यो जोखिम मोल्छन्, तर मानिसमा त्यस्तो कुनै बाध्यता हुँदैन । यति हुँदाहुँदै पनि मानिसले अक्टोपसलाई ज्यूउँदै खाइरहेका छन् भने डल्फिनले मारेर खान थालेका छन् । एजेन्सी