नेपालमा थप २४०१ सङ्क्रमित,१४ जनाको मृत्यु
प्रकाशित मिति : माघ २६, २०७८ बुधबार
नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कुल १६ हजार ३५६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर दुई हजार ४०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ७ हजार ७७७ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल ३० हजार २४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।