हतियार बुझाउनेलाई आममाफी दिने घोषणा


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

असार २, २०७४

अष्ट्रेलियामा सरकारले दर्ता नगरि राखिएका हतियार बुझाउन अपिल गरेको छ । त्यसो गर्नेलाई आममाफी दिने घोषणा पनि गरिएको छ । आतंकवाद र अवैध हतियारको खतरालाई ध्यानमा राख्दै सन् १९९६ पछि पहिलो पटक अष्ट्रेलियाले आममाफी सहित हतियार बुझाउन अपिल गरेको बीबीसीले जनाएको छ ।  आगामी जुलाई १ देखि ३ महिनाभित्र आफुसँग भएका हातहतियार सरकारलाई बुझाउन आग्रह गरिएको छ । सो अवधि पछि दर्ता नगरिएका हातहतियार भेटिए १४ बर्षसम्मको जेल सजाय, २ लाख ८० हजार अष्ट्रेलियन डलर जरिवाना  हुने सरकारले स्पष्ट पारेको छ । अष्ट्रेलियाली सरकारले मुलुकमा २ लाख ६० हजारको संख्यामा अवैध हात हतियार भएको अनुमान गरेको छ ।

Source : Ekantipur

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com