पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनको दोनेस्सक क्षेत्रमा ठूलो विस्फोट


प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन् । सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ।

युक्रेनको पूर्वी भागमा ठूलो विष्फोट भएको एएफपीले जानकारी दिएको हो । यसअघि पनि पूर्वी युक्रेनमा गोली चलेको सुनिएको थियो । केही समयअघि कीभमा पनि भयानक विस्फोट भएको खबर आएको थियो । किभ विस्फोटको दाबी गर्दै मानिसहरूले सामाजिक सञ्जालमा केही तस्विर र भिडियोहरू पनि सेयर गरेका थिए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन् ।

पुटिनको यो घोषणासँग रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com