‘रुसी आक्रमणमा ४० युक्रेनी सेना र १० सर्वसाधारण मारिए’
प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार
युक्रेनमा रुसको हमलाको बीचमा त्यहाँका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशलाई जानकारी दिँदै रुसी सेनाको आक्रमणबाट हालसम्म ४० भन्दा बढी युक्रेनी सैनिकको र १० सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ लड्ने बताएका छन् ।
युक्रेनमा दोस्रो मिसाइल आक्रमण
जानकारी दिँदै युक्रेनी अधिकारीहरूले भने यो दोस्रो पटक मिसाइल आक्रमण भएको बताए। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बिहीबार जानकारी दिँदै सल्लाहकारले भने युक्रेनमा फेरि मिसाइल आक्रमण भएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने निर्णय गरेपछि पहिलो मिसाइल आक्रमण गरिएको कीभका अधिकारीहरूले बताएका छन्।