अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी


प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेकोू भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ ।

अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन।’ अल्वीले भन्नुभयो ।

राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गर्नुभएको थियो । यद्यपि विश्लेषकहरूले यो भ्रमणलाई ‘असान्दर्भिकु र ‘मूर्खतापूर्ण’भनेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com