बेलारुसमा अमेरिकी दूतावास बन्द, विदेश मन्त्रालयले भन्यो,’आफना नागरिकको सुरक्षा पहिलो प्राथमिकता’


प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार

रुस–युक्रेन युद्धका बीच अमेरिकाले बेलारुससँग सबै कूटनीतिक सम्बन्ध तोडेको छ । अमेरिकी विदेश मन्त्रालयले बेलारुसमा रहेको आफ्नो दूतावास बन्द गर्न आदेश दिएको छ ।

बेलारुसलाई रुसको कट्टर समर्थक मानिन्छ। युक्रेन र अमेरिकाले रुसी सेनाले बेलारुस हुँदै कीभमा आक्रमण गरिरहेको दाबी गरेका छन् । उही बेला बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले यी आरोपहरूलाई बकवासको रूपमा खारेज गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोइन ब्लिन्केनले बेलारुसमा रहेको अमेरिकी दूतावास पूर्ण रूपमा बन्द गर्ने आदेश जारी गरेको बताएका छन् । उनले विदेश मन्त्रालयले अमेरिकी कूटनीतिज्ञहरुलाई रुस छाडेर फर्कन पनि अनुमति दिएको बताए । अब मस्कोस्थित अमेरिकी दूतावासमा अत्यावश्यक कर्मचारी मात्रै राखिनेछ।

 

अमेरिकी दूतावासले भन्यो’आफना नागरिको सुरक्षा पहिलो प्राथमिकता’

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले युक्रेनमा रुसी सेनाले गरेको अव्यावहारिक र अनुचित आक्रमणबाट उत्पन्न सुरक्षा अवस्थाका कारण हामीले यी कदम चालेका हौँ ।

विदेश मन्त्रालयले आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित अमेरिकी नागरिकको सुरक्षाभन्दा उच्च प्राथमिकता अरू कुनै नभएको बताएको छ। मस्कोस्थित दूतावासले यसअघि नै अमेरिकी नागरिकलाई रुस छाड्न सल्लाह दिएको थियो।

विदेश मन्त्रालयले आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित अमेरिकी नागरिकको सुरक्षाभन्दा उच्च प्राथमिकता अरू कुनै नभएको बताएको छ। मस्कोस्थित दूतावासले यसअघि नै अमेरिकी नागरिकलाई रुस छाड्न सल्लाह दिएको थियो।

अमेरिकी नागरिकहरूलाई रुस छोड्न सल्लाह
रुस र पश्चिमी देशहरूबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिकी नागरिकले तत्काल रुस छोड्नु पर्ने सल्लाह दिएको छ । चेतावनीमा भनिएको छ ‘उसले रसियामा अमेरिकी नागरिकहरू विरुद्ध उत्पीडन गर्ने सम्भावना छ। साथै, दूतावासको सहायता उपलब्ध गराउने सीमित क्षमता रहेको भन्दै उनीहरूलाई रुसको यात्रा नगर्न भनिएको थियो।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com