खार्किवमा भएको गोलाबारीमा परि एक भारतीय विद्यार्थीको मृत्यु
प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/03/6d9ba749-7996-44be-be1d-4faee944623b.jpg?fit=624%2C416&ssl=1)
भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा भएको गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’
अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग गरिरहेका छन् । ’
केही घण्टाअघि मात्रै भारतले आफ्ना नागरिकहरूलाई युक्रेनको राजधानी कीभ छोड्न भनेको थियो। युक्रेनमा रहेको भारतीय दूतावासले ट्वीट गर्दै भारतीय नागरिकहरूलाई जुनसुकै माध्यमबाट भए पनि कीभबाट बाहिर निस्कन आग्रह गरेको थियो।