रूसले रासायनिक हतियार प्रयोग गर्ने खतरा रहेको नेटो प्रमुखको भनाइ, रूसद्वारा खण्डन


प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो ।

उहाँले रूस–यूक्रेन युद्धमा रूसले रासायनिक हतियार प्रयोग गर्नसक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रूसी स्रोतले बताएको छ ।

यसैबीच स्टोलटेनबर्गले रुसले पछिल्ला दिनहरुमा यूक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्तिकासँगको अन्तवार्तामा बताउनुभएको सो पत्रिकाले आइतबार उल्लेख गरेको छ ।

रूसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण गर्दै आएको छ । सो आक्रमणमा करिब एक हजार ३०० युक्रेनी सैनिकको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com