बाइडेनले शिखर सम्मेलनमा भने ‘नेटो पूर्ण रूपमा संगठित छ, पुटिनले यो अपेक्षा गरेका थिएनन्’


प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्रसेल्समा भएको नेटो शिखर सम्मेलनमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै नेटोमा आज जस्तो एकता  पहिले कहिल्यै नदेखेको बताउँदै भने ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसको कुनै कल्पना थिएन, उनलाई लागेको थियो युद्धपछि  नेटो सदस्य  विभाजित  हुनेछन् ।’

बाइडेनले भने, ‘यदि रुसले रासायनिक हतियार प्रयोग गर्छ भने अमेरिकाले जवाफ दिनेछ र त्यो जवाफ प्रयोग गरिएको हतियारको प्रकृतिमा निर्भर हुनेछ।’ बाइडेनले भने , चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्पष्ट पारेका थिए, यदि उनले रुसलाई सहयोग गरे  यसले अमेरिका र युरोपेली संघसँगको चीनको आर्थिक सम्बन्धलाई ‘जोखिममा’पुर्‍याउनेछ।

जी-२० को  जिकिर गर्दै बाइडेनले भने, ‘म रसिया जी-२० बाट बाहिरिएको हेर्न चाहन्छु, तर यदि यो सम्भव छैन भने, युक्रेनले एक पर्यवेक्षकको रूपमा सहभागी हुनुपर्छ।’

”रुसमा प्रतिबन्धले ठूलो प्रभाव पार्छ भनेर सुनिश्चित गर्न हामी यसलाई लामो समयसम्म जारी राख्नेछौं,’उनले भने। एक महिना बितिसक्दा पनि हामी आज जे,गर्दैछौं त्यसलाई निरन्तरता दिनेछौं। यही कुराले उनलाई (पुटिन) रोक्छ।”  ”सबैभन्दा महत्त्वपूर्ण कुरा हो हामीले एकताबद्ध रहनु पर्छ र विश्वले उनी (पुटिन) कति क्रूर छन् भनेर ध्यान दिनुपर्छ।”

संयुक्त राज्य अमेरिकाले बिहीबार नेटो शिखर सम्मेलनमा डुमा (रूसी संसदको तल्लो सदन), केही कुलीन वर्ग र केही रक्षा कम्पनीहरू सहित ४०० व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ।-एजेन्सी

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com