अमेरिकाले रासायनिक हतियार प्रयोग गर्ने नगर्ने ह्वाइट हाउसका सुरक्षा सल्लाहकारको भनाइ


प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार

संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ ।

रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गरे पनि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार बताउनुभएको हो ।

“रूसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ । यद्यपि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन भन्नुबाहेक बढी केही गर्ने छैन,” उहाँले एयर फोर्स वन जहाजमा संवाददाताहरूसँग भन्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com