युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह


प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गर्नुभएको छ ।

उहाँले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गर्नुभएको हो ।

यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका काम नगर्न र सबैलाई मानवीय सहायताका लागि बाटो बनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो ।

युक्रेनमा रुसले आक्रमण गरेको महिना दिनभन्दा बढी भए पनि अहिले पनि कतिपय स्थानमा रुसको हमला जारी नै रहेको पाइएको छ ।

त्यसैले यो पर्वका अवसरमा युद्धविराम गरी अप्ठेरोमा परेका नागरिकलाई सहायता वितरणको काममा लाग्नका लागि वातावरण निर्माण गर्न उहाँले आग्रह गर्नुभएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com