युक्रेन आक्रमणको समर्थनमा निकालेको र्यालीमा सहभागी ओलम्पिक च्याम्पियनमाथि लाग्यो प्रतिबन्ध
प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार
रुसका ओलम्पिक च्याम्पियन इभजेनी राइलोभलाई पौडी खेल्ने विश्व प्रशासकीय निकाय फिनाले ९ महिनाको प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसको आक्रमणको समर्थनमा निकालिएको र्यालीमा भाग लिएपछि इभगेनीविरुद्ध यो कारबाही गरिएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा मस्कोको लुज्निकीमा यो र्याली आयोजना गरेका थिए। र्यालीमा भाग लिने खेलाडीमध्ये २५ वर्षीय राइलोभ पनि एक थिए।
उनीहरु सबैले युद्धको समर्थनमा Z अक्षरले लेखिएको लुगा लगाएका थिए । टोकियो ओलम्पिकमा राइलोभले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए।
फिनाले भनेको छ, उनले राइलोभलाई “फिनाले आयोजना गरिरहेको सबै प्रतियोगिता र गतिविधिहरु” मा प्रतिबन्ध लगाईरहेको छ।
यद्यपि, यस वर्षको अन्त्यसम्म सबै रूसी र बेलारूसी पौडी खेलाडीहरूलाई फिनाका कार्यक्रमहरूमा भाग लिन निषेध गरिएको छ।