अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ, रुसमाथि आक्रमण होइन : जो बाइडेन
प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसमाथि हमला नगरेको बरु युक्रेनलाई रुसी आक्रमणबाट बचाउन सहयोग गरिरहेको बताएका छन् ।
बाइडेनले भने, ;पुटिनले यो क्रूर आक्रमण सुरु गर्ने तरिका रोजेका थिए, उनले यसलाई अन्त्य गर्न पनि रोज्न सक्छन्।’ रुस आक्रमणकारी हो , यसका लागि विश्वले रुसलाई जवाफदेही बनाउनुपर्छ ।
अमेरिकाले युक्रेनलाई सहयोग गर्ने बाटो नभएपनि युक्रेनको साथमा उभिने बताएको छ ।
जो बाइडेनले युक्रेनलाई थप सहयोग गर्ने आफ्नो योजनाको रूपरेखा प्रस्तुत गर्दैछन्। उनीहरूले आगामी पाँच महिनाको लागि युक्रेनलाई
सैन्य, आर्थिक र मानवीय सहयोग गर्न कांग्रेससँग ३३ बिलियन सहायता माग्ने बताएका छन् ।
प्याकेजमा २० अर्ब डलरभन्दा बढी सैन्य सहायता, ८.५ अर्ब डलर आर्थिक सहायता र ३ अर्ब डलर मानवीय सहायता समावेश छ ।