उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै


प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज (शनिबार) निर्वाचन चिह्न प्रदान गर्दैछ । आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न प्रदान गर्नेछ ।

चुनावका लागि ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ ।

यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । दलहरुले आफ्नै पार्टीको चुनाव चिह्न पाएपनि स्वतन्त्रले आयोगले तोकेको चिह्न पाउनेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com