द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे: संयुक्त राष्ट्र
प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/03/48d2bb926d444d6bb289b117487b5432-48d2bb926d444d6bb289b117487b5432-a9122ea8ea0941189d917930fd0aae5b-1.jpg?fit=1500%2C1000&ssl=1)
संयुक्त राष्ट्रसंघले रुस-युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्।
द्वन्द्वले १ करोड ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको समेत अभावमा छन् । गत फेब्रुअरी २४ मा द्वन्द्व शुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका शहरहरू सहित युक्रेनभरि लगभग ८ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको संयुक्त राष्ट्रका अधिकारीले बताएका छन् ।
संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सङ्कट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ ।