रासायनिक कारखानामा विस्फोट हुँदा आठ जनाको जलेर मृत्यु, १५ घाइते


प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार

भारतको उत्तर प्रदेशको हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जना जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएका तथा आठ जनाको मृत्यु भएको छ हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए । घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।-एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com