राष्ट्रियसभा बैठक : निहारिकालाई न्याय दिलाउन माग


प्रकाशित मिति : असार २, २०७९ बिहीबार

राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जावोस भने । सांसद बिमला घिमिरेले बलात्कार पीडित भनिएकी युवती नेहारिका न्यायका लागि आफ्ना बालकसहित राजधानीमा अनसन बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गरिन् ।

सांसद तुलसाकुमारी दाहालले मानवीय सेवामा तल्लीन रेडक्रस सोसाइटीलाई सरकारले हस्तक्षेप गर्न नहुने बताइन् । सांसद भगवती न्यौपानेले चितवनमा हात्तीले आतङ्क मच्चाएको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद मायाप्रसाद शर्माले रोपाईँ गर्ने समयमा किसानले किन रासायनिक मल पाएनन् भनी प्रश्न गरे । सांसद सारदादेबी भट्टले वर्षा शुरु भएपछि वाढी पहिरोले धनजनको क्षति पु-याउन शुरु भएकाले यसको न्यूनीकरणका लागि समयमै सरकारको ध्यान जाओस् भनिन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com