अनलाइन जुवा खेल्ने ११ जना पक्राउ


प्रकाशित मिति : असार १४, २०७९ मंगलबार

अनलाइन जुवा खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन जुवाल खेलिरहेको अवस्थामा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठाबाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

अनलाइन जुवा खेलाउने गरेकोसूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका१ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र१ लाख ४५ हजार ७५ नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले फरारकुलदीप पाठकको खोजीका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकाछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com