उपसभामुखको निर्वाचन कार्यतालिका घोषणा


प्रकाशित मिति : असार २९, २०७९ बुधबार

यही असार ३१ गते शुक्रबार प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन हुने भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले उपसभामुख पदको निर्वाचन कार्यतालिकाको सूचना आजै प्रकाशित गर्न पनि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिनु भयो । सभामुख सापकोटाले भन्नु भयो, ‘प्रतिनिधिसभा नियमावली २०७५ को निमय ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि यही २०७९ साल असार ३१ गते शुक्रबारको दिन तोकेको छु ।

साथै उक्त नियमावली बमोजिम प्रतिनिधिसभाको सचिव श्री गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना आजै प्रकाशित गर्न निर्देशन दिन्छु ।’ २०७६ साल माग महिनादेखि सो पद रिक्त रहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com