द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति
प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार
भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन ।
मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।
मुर्मू भारतमा राष्ट्रपति हुने दोस्रो महिला हुन् भने आदिवासीमा पहिलो हुन् । ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् । मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।