कांग्रेसको केन्द्रीय विभागमा न्यायाधीशनै रहेको ओलीको गम्भिर आरोप


प्रकाशित मिति : श्रावण ६, २०७९ शुक्रबार

काठमाण्डौं । एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको खोजी भइरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको गम्भिर आरोप लगाएका छन् । राज्यका विभिन्न अंगमा नेपाली कांग्रेसका समर्थक समेत रहेको भन्दै उनले एम अधिकारीको धेरै खोजी नगर्न चेतावनी दिएका छन् । ओलीले न्यायालयका न्यायाधीश नै कांग्रेको केन्द्रीय विभागमा रहेको ठोकुवा गरेका हुन् ।

उनले भनेका छन,’खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’

यसअघि एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् भनेर एमालेले विज्ञप्ति नै जारी गरेको थियो । एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य रहेका एम अधिकारी महाप्रसाद अधिकारी होइनन् भन्दा पनि उनको धेरै खोजी भएकोप्रति ओली असन्तुष्ट देखिन्थे ।

ओलीले वृद्धभत्ता दिने उमेर घटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । उनले चुनावलाई लक्ष्यित गरेर सरकारले हचुवा निर्णय लिएको भन्दै प्रश्न उठाएका हुन् । सामाजिक सुरक्षाको अवधारणा एमालेले अघि सायो । तर, अहिले ७० बाट ६८ बनाउनुका पछाडि केही लजिक छ ? भन्दै उनले प्रश्न गरे । कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षामा भइरहेको राजनीतिले देशको अर्थतन्त्रलाई अप्ठेरोमा पुर्याउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com