नेपालमा मङ्कीपक्सको रोकथाम र नियन्त्रणका लागि जानौं यी कुरा


प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार

युरोप र उत्तरी अमेरिकाका विभिन्न देशहरुमा मङ्कीपक्सको सङ्क्रमण बढिरहेपछि नेपाल सरकारले पनि यसबाट जोखिन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबाट जोगिन विभिन्न टिप्सहरु दिएको छ ।

मङ्कीपक्सको रोकथाम र नियन्त्रणका लागि जानौं यी कुरा
मङ्कीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोग नदेखिए पनि विश्वका धेरै मुलुकमा देखापरेकोले आम नागरिकमा सचेतना ल्याउने उद्देश्यले यो जानकारीमूलक सूचना प्रवाह गरिएको हो ।

मङ्कीपक्स रोग कसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट सर्छ :

१) घाउ-खटिरा-बिमिराको सम्पर्कबाट
२) शरीरबाट निस्किएको तरल पदार्थ जस्तैः थुक, र्यालको सम्पर्कबाट
३) भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट
४) सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।

निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ :
१. काटिएको, बिमिरा वा फुटेको छाला
२. आँखा, नाक वा मुख
३. श्वासनली

मङ्कीपक्स रोगका लक्षणहरू के के हुन् ?

१. ज्वरो आउनु
२. सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
३.डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
४. टाउको, ढाड र मांसपेशी दुख्नु शरीरका ग्रन्थहरु बढ्नु
(यस्ता लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।)

मङ्कीपक्स रोगका सम्भावित जटिलता

१. आँखामा सङ्क्रमण र दृष्टि गुम्नु
२. अन्य जीवाणुको सङ्क्रमण
३.निमोनिया
४.मस्तिष्क ज्वर
५.गर्भ खेर जानु
६.मृत्यु

मङ्गीपक्स रोगका रोकथामका उपायहरू

१.मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
२. सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
३.सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पुर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने
४.घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
५.नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने
६.सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने
७ .मङ्गीपक्सको संक्रमण पुष्टी भई विरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने
८.सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले पीसीआर परीक्षण गर्ने
९.सङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने
१०.मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
११.फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने

यस सम्बन्धी विस्तृत जानकारी निःशुल्क हटलाइन नं. १११५ मा फोन गरेर लिन सक्नुहुनेछ । (श्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com