नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन साहको निर्देशन
प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/07/balen1.jpg?fit=1100%2C550&ssl=1)
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन् ।