बन्दुकसँग खेलिरहेको बेला भुलवश एघार वर्षीय बालकद्वारा आफ्नै दश वर्षीय साथीको हत्या


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

अफगानिस्तानमा ११ वर्षीय बालकले कलाश्निकोभ राइफलसँग खेल्ने क्रममा आफ्ना १० वर्षीय साथिको गोली हानेर अकस्मात हत्या गरेका छन् । खामा प्रेसले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, ‘यो दुखद घटना देशको उत्तरी प्रान्त फर्याबको कोहिस्तान जिल्लाको हाश्तोमिन गाउँमा भएको हो।’

स्रोतका अनुसार बन्दुकसँग खेलिरहेका बेला १० वर्षीय मोहम्मद नाडरलाई ११ वर्षीय अब्दुल रहमानले हत्या गरेका हुन् । यसअघि सोही फर्याब प्रान्तमा १४ वर्षीय रामिन घरेलु तथा शारीरिक हिंसामा परेपछि एक किशोरले आफ्नो बाबुलाई बन्चरो प्रहार गरी हत्या गरेको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानमा यस्ता धेरै घटना भएका छन्, जसमा बन्दुकसँग खेल्दा बालबालिकाले अन्जानमा अर्को बच्चाको हत्या गरेका छन् । विगतमा पनि यस्ता धेरै घटना भएका छन् र देशका धेरै प्रदेशमा धेरै बालबालिकालाई गोली हानेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com