अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना सङ्क्रमित


प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार

अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँकी सञ्चार उप निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ ।

नियमित परीक्षणका क्रममा गत मङ्गलवार भने उहाँलाई सङ्क्रमण देखिएको थिएन । उहाँले अहिले आफू सङ्क्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गर्नु भएको छ ।

यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँले घरमै छुट्टै बस्ने र मस्क लगाउने गर्दै आउनु भएको उहाँको सचिवालयले जनाएको छ । उहाँ दश दिनसम्म छुट्टै बस्नुहुने भएको छ ।

उहाँले पनि आफ्नो सम्पर्कमा आएकालाई तत्काल परीक्षण गर्ने थप फैलिन नदिन सबैलाई अनुरोध गर्नु भएको छ ।

प्रथम महिला बाइडेनलाई गत आइतबार सङ्क्रमण नदेखिएपछि उहाँ दक्षिण क्यारोलिनाबाट राष्ट्रपति बाइडेनसँगै डेलावेर जानु भएको थियो । प्रथम महिला बाइडेनलाई सङ्क्रमण पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या भने नरहेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com