धरान पुगेर रुख रोप्दै प्रचण्डले गरे हर्कको प्रशंसा (भिडियो)


प्रकाशित मिति : भाद्र १०, २०७९ शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड धरान महानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका छन् ।
पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रचण्ड धरान महानगरपालिका प्रमुख हर्क साम्पाङको निमन्त्रणामा वृक्षारोपण कार्यक्रममा सहभागी भएकाहुन् । हर्कले दिन केही अघि काठमाडौंमा प्रचण्ड निवासमै भेटेर निमन्त्रणा समेत गरेका थिए ।

वृक्षारोपणपछि माओवादीले गनुपर्ने कामहर्क साम्पाङले गरेको भन्दै प्रचण्डले प्रशंसा गरेका छन् । उनले हर्कको विचार र आचरणबाट प्रेरणा लिन नेताकार्यकर्ता तथा जनतालाई आग्रह गरेका छन् । सिंगो देशले हर्कको कामलार्ई गम्भीरता रुपमा हेरेको दाबी गरे ।

प्रचण्डले भने, ‘हामी कम्यूनिष्टहरुले, अझ खासगरी माओवादी केन्द्रले गर्नुपर्ने गर्ने काम उहाँले गरिराख्नुभएको छ । म पार्टीका साथिहरु र देशका जनतालाई हर्कको व्यवहार र आरचणबाट म अनुरोध गर्न चाहान्छु ।’

प्रचण्डले वृक्षरोपण गर्दै वरिष्ठ कलाकार जेबी टुहुरेलाई सम्भिएकाहुन् । आज जेबी टुहुरेको स्मृति दिवस रहेको स्मरण गर्दै वृक्षारोपण उहाँकै लागि सर्मपित भएको घोषणा गरे ।

भिडियो :

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com